press
po

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

sanjiwan
Nisharg

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका- ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

HAMRO DAIRY

गएराति सवा ९ बजे बजेको समयमा यादवमाथि गोली प्रहार भएको र उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका प्रहरीले जनाएको छ ।

यादवमाथि कसले किन गोली चलाएको भन्नेबारे अहिलेसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...