press
po

डोल्पा कारागारबाट फरार थप दुई जना कैदी पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

डोल्पा । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।

sanjiwan
Nisharg

कात्तिक १४ गते बिहान ०६:०० बजे कारागारबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा आज त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

पक्राउ पर्नेमा जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकायर जिल्ला जाजरकोट, नलगाड नगरपालिका–९ घर भएका नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन् ।

HAMRO DAIRY

यसअघि हिजो जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना पक्राउ परेका थिए ।

अन्य चार कैदीबन्दीको खोजी भइरहेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...