press
po

आईजीपी हटाएको औचित्य सरकारले पुष्टि गर्ला, अझै राम्रो काम गरे हुन्थ्यो भन्ने लाग्छ : रवि

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

आईजीपी हटाएको औचित्य सरकारले पुष्टि गर्ला, अझै राम्रो काम गरे हुन्थ्यो भन्ने लाग्छ स् रवि

sanjiwan
Nisharg

रास्वपा सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको औचित्य सरकार आफैंले पुष्टि गर्ने बताएका छन्।
चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आईजीपी, डीएसपी, इन्सपेक्टर फेर भनेर पार्टीले नबोल्ने बताएका छन्।
लामिछानेले पार्टी र सरकारबीच तालमेल नभएको भन्ने कुरा असत्य भएको र सरकारले आफ्नो काम गरिरहेको बताएका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

१९ कात्तिक, काठमाडौं । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने बताएका छन् ।

HAMRO DAIRY

बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले संवेदनशील विषय समावेश भएकाले आईजीपी हटाउनुपर्ने विषय कुनै समयमा सरकारले अवश्य पनि गर्ने विश्वास व्यक्त गरे ।

Nav

‘आईजीपी प्रकरणमा पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य सरकारले पुष्टि गर्ला,’ लामिछानेले भने ।

सुरक्षा निकायको जिम्मेवारी हेरफेरमा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य पुष्टि पार्ने विश्वास उनले व्यक्त गरे । ‘पार्टी प्रवक्ताले यसलाई स्पष्ट पारिसक्नुभएको छ । पार्टीले आईजीपी, डीएसपी, इन्सपेक्टर फेर भनेर विल्कुल भन्दैन,’ लामिछानेले भनेका छन् ।

साथै, उनले आफूले विभिन्न समयमा फरक फरक घटनाक्रमबारे जवाफ दिँदै आएको उल्लेख गरे ।

‘सरकारले आफ्नो काम गरिरहेको छ । अझै सहि ढंगले गरिदिए हुन्थ्यो भन्ने सधैं रहिरहन्छ,’ लामिछानेले भने, ‘पार्टी र सरकारबीच तालमेल नै नभएको हो कि भन्ने जुन कुरा छन् त्यो केही छँदै छैन ।’

कहिलेकाहीँ सरकारले गरेका कुरामा थप प्रष्टता चाहियो, प्रश्न भयो भने त्यसमा पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, स्पष्ट पार्ने काम भइरहेको समेत उनको तर्क छ ।

‘पार्टीले गरेका हरेक कुरामा सरकारले हो मा हो मिलाउँदैन, पार्टीले गरेका कुराहरूमा पनि सरकारले हो मा हो मिलाउँदैन,’ उनले भने ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...