


धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।


धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०२००३ प ८१५५ नम्बरको स्कुटी एकआपसमा ठोक्किएका थिए।






दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटी चालक धनगढी–५ तारानगर बस्ने ३५ वर्षीया सुशिला बमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले बमको उपचारका क्रममा शुक्रबार बिहान माया मेट्रो अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र ७ वर्षीया छोरी ममता चौधरी रहेका छन् ।
यस्तै, स्कुटीमा सवार २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बबिता मल्ल पनि घाइते भएका छन् ।
उनीहरुको अवस्था सामान्यदेखि मध्यम रहेको छ। दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






