कैलालीमा सुनका गरगहना र मोबाइल चोरी गर्ने दुई जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलालीमा सुनका गरगहना र मोबाइल चोरी गर्ने दुई जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–१० ओलानीमा घरबाट सुनका गरगहना र मोबाइल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१२ बस्ने ३० वर्षीय शंकर नेपाली र ३३ वर्षीय गोपाल विक रहेका छन् ।

प्रहरीका अनुसार मंसिर २८ गते दिउँसो १ बजे ओलानी निवासी हरिना देवी पुन्याल (खड्का) को कच्ची घरको भुइँतलामा रहेको बाकसभित्र राखिएका एक–एक तोलाका सुनको तलहरी र गलबन्दी तथा रेड्मी कम्पनीको मोबाइल चोरी भएको थियो ।

चोरी भएको भन्दै घरधनीले सोही दिन साँझ ८ बजे अस्थायी प्रहरी पोस्ट ओलानीमा खबर गरेकी थिइन् । त्यसपछि प्रहरी सहायक निरीक्षक नवलसिंह भाटको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा राति ८ः४५ बजे ओलानी बजारबाट चोरी भएका सामानसहित दुवै जनालाई फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेती पठाइएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Loading...