

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । लगातार दोस्रो दिन सुनको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ । यसअघि बुधबार पनि सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घटेको थियो ।
बुधबार प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको छ ।
यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ६०० रुपैयाँले घटेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

