दुबईमा नेपालीलाई नेपालीले नै ठगेको पाइए कारबाहीको दायरामा ल्याउन गृहमन्त्री गुरुङको निर्देशन

cp new add
Nisharg hospital
Dhangadhi

संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपालीलाई ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालीलाई नै ठगी गरेर नेपालको इज्जतमा आँच पुर्‍याउने जोकोहीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने गरेको, तर त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन नसकिएको भन्दै गुनासो गरेका थिए ।

त्यसक्रममा दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी धन्दामा संलग्न नेपालीलाई कानुनी दायरामा ल्याउने विषयमा आफूहरूलाई नैतिक सङ्कट हुने गरेको बताएका थिए । राजनीतिक नेतृत्वबाट कारबाहीका लागि स्पष्ट निर्देशन आए भोलिदेखि नै त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाइ थियो ।

महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले ‘किन नैतिक सङ्कट ? नेपालीलाई ठगेर नेपालीकै इज्जत फाल्ने जोकोहीलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । मन्त्री गुरुङले नेपालीलाई ठगी गर्ने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशनसमेत दिएका थिए ।

विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई आएका गृहमन्त्री गुरुङले आफ्नो औपचारिक भ्रमणका क्रममा यूएईका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेका थिए ।

भ्रमण सम्पन्न गरी मन्त्री गुरुङ स्वदेश फर्किएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...