लडाइँको थलो स्थानीय तह निर्वाचन बन्नेवाला छ : अध्यक्ष ओली

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन लडाइँको थलो बन्ने बताएका छन् ।

एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको भेलालाई शुक्रबार पार्टी कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘मान्छे खुसी हुने, रिसाउने, पक्षमा आउने, विपक्षमा जाने त्यहीँ (स्थानीय तह) बाट हुन्छ । त्यसो भएकाले अहिले लडाइँको थलो स्थानीय तहको निर्वाचन बन्नेवाला छ’, अध्यक्ष ओलीले भने, ‘स्थानीय तहको निर्वाचन भनेको त्यही लडाइँको थलो हो ।’

अध्यक्ष ओलीले स्थानीय जनप्रतिनिधिहरूलाई विगतमा कहीँकतै कमजोरी रहेका छन् भने बेलैमा सुधार्न निर्देशन दिए ।

‘यदि पौने चार वर्षजति पोखियो भने हतारहतार उठाउनुस्, हतारहतार मिलाउनुस्’, ओलीको भनाइ छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...