

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता जीतजंग बस्नेतले गगन थापाले आफूहरूलाई कारबाही गर्न नसक्ने चुनौती दिएका छन्। सभापति थापाले इतर पक्षको महाधिवेशन प्रक्रियामा सहभागी हुने जनप्रतिनिधिलाई कारबाहीको चेतावनी दिएपछि उनले यस्तो बताएका छन्।
राष्ट्रियसभाका सदस्य समेत रहेका बस्नेतले चुनदेवीबाट भने, ‘उहाँले कारबाही गर्ने सवाल नै छैन। नियमित १५ औँ महाधिवेशन हुने यही कांग्रेस नै आधिकारिकता हो।’
उनले रुख र चारतारे झण्डा आफूहरूकै भएको जिकिर गरे। उनले गगनले निर्वाचन आयोगदेखि सर्वोच्चसम्ममा सेटिङको आधारमा कांग्रेस कब्जा गर्न खोजेको आरोप लगाए।
उनले चुनौती दिँदै भने, ‘यो उहाँको ससुराको पार्टी होइन । दास र लासको पार्टी होइन । उहाँसँग हिम्मत, तागत भए कारबाही गरेर देखाए हुन्छ ।’

