आँधी र भारी वर्षापछि १० लाख घरमा विद्युत् सेवा अवरुद्ध, सयौँ उडान रद्द

cp new add
Nisharg hospital
Dhangadhi

काठमाण्डौ । अमेरिकाको मध्यपश्चिमी र उत्तरपूर्वी क्षेत्रमा भारी वर्षा तथा तीव्र हावाहुरीसहित थ्याङ्क्सगिभिङका बेला आएको भीषण आँधीले लाखौँ मानिस प्रभावित भएका छन्। त्यस्तै, पश्चिमी क्षेत्रमा समुद्रमा उठेका अग्ला छालका कारण पनि देशभरको जनजीवन ठूलो मात्रामा प्रभावित भएको छ।

यस साता अमेरिकामा ८ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अपेक्षा गरिएको छ। उडानसम्बन्धी जानकारी दिने वेबसाइट फ्लाइटअवेयरका अनुसार स्थानीय समयअनुसार बिहीबार अमेरिकामा ४०० भन्दा बढी उडान रद्द गरिएका छन्। त्यस्तै, अमेरिकामा आउने, अमेरिकाबाट बाहिरिने र देशभित्र सञ्चालन हुने २ हजार २०० भन्दा बढी उडानमा ढिलाइ भएको छ।

थ्याङ्क्सगिभिङ अमेरिकाको परम्परागत चाड हो। यस अवसरमा मानिसहरूले राम्रो बाली उत्पादन, पारिवारिक सुख तथा जीवनका अन्य खुसीका लागि एकअर्काप्रति आभार व्यक्त गर्ने गर्छन्। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले वर्षा र तीव्र हावाहुरीको पूर्वानुमानका कारण पूरै साता उडानमा ढिलाइ हुन सक्ने चेतावनी यसअघि नै दिएको थियो।

यसैबीच, बिहीबार रातिसम्म करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। पेन्सिल्भेनिया, मेरिल्यान्ड र भर्जिनिया सबैभन्दा बढी प्रभावित राज्यहरूमध्ये रहेका छन्। अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण सार्वजनिक बिदाहरूमध्ये एक थ्याङ्क्सगिभिङ डेका दिन पश्चिमी तटको क्यालिफोर्नियादेखि पूर्वी तटको वासिङ्टन डीसीसम्मका क्षेत्रमा खराब मौसम कायम रहेको थियो।

बाढीका कारण धेरै मानिसले थ्याङ्क्सगिभिङको अवसरमा परिवारसँग बसेर भोजन गर्नुको सट्टा पानीले भरिएका सडक र घरमा कठिन परिस्थितिको सामना गर्नुपरेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...