अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

अस्ट्रेलिया । अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् ।

सन् २०२४ देखि २०२५ सम्मको अवधिमा उनले ८७१ जना महिलाको गोप्य भिडियो खिचेको बताइएको छ । घटनामा अस्पतालमा कार्यरत महिला सहकर्मीहरू प्रभावित भएको जनाइएको छ ।

चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ ।

अदालतमा प्रस्तुत विवरणअनुसार, चोले ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन् । प्रहरीले उनको उपकरणबाट करिब ३ हजार भिडियो फेला पारेको थियो । दुई बालिकाको भिडियोसमेत फेला परेको अदालतमा बताइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...