

१२ मंसिर, एजेन्सी । अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको नाम गिनिज बुकमा दर्ता भएको छ । बीसीसीआईका अनुसार २९ मे २०२२ मा आईपीएलको फाइनल खेल स्टेडियममा १,०१,५६६ जनाले हेरेका थिए ।
यो कुनै पनि टी–२० खेलमा उपस्थित दर्शकहरूको सबैभन्दा ठूलो संख्या हो । एक ट्वीटमा बीसीसीआईले भनेको छ, ‘भारतले गिनिज वर्ल्ड रेकर्ड बनायो, यो सबैका लागि गर्वको क्षण हो ।’ बीसीसीआईका महासचिव जय शाहले पनि ट्वीट गर्दै यसबारे जानकारी दिएका छन ।
गुजरात क्रिकेट संघको मोटेरा स्टेडियमलाई फेब्रुअरी २०२१ मा पुनस् निर्माण गरी पुनः खोलिएको थियो । अब यो स्टेडियमको नाम नरेन्द्र मोदी स्टेडियम रहेको छ । १५ औं आईपीएलको फाइनल खेल यही रंगशालामा खेलिएको थियो ।
बीबीसी

