अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा गोली लागेर २ प्रहरीसहित ६ जनाको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

२७ मंसिर, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा गोली लागेर दुई प्रहरीसहित ६ जनाको मृत्यु भएको छ ।

क्विन्सल्याण्डको ब्रिस्बेनबाट २७० किलोमिटर टाढा पर्ने वेम्बिला भन्ने स्थानमा एक बेपत्ता व्यक्तिको खोजीमा जुटेका प्रहरीहरूमाथि आक्रमण भएको थियो । प्रहरीको जवाफी कारबाहीमा ५८ वर्षीय एक व्यक्ति पनि मारिएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २६ वर्षीय मेथ्यु अरनोल्ड र २९ वर्षीय रेचल म्याक्रो छन भने एक प्रहरी घाइते छन । अर्का एकजनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रहरीका अनुसार आक्रमणकारी को हुन् र उनीहरुले किन आक्रमण गरे भन्ने खुलेको छैन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...