सुदूरपश्चिमका पूर्व वन मन्त्री धामी सरकारी गाडीमै सरर…

Nisharg hospital

२ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्र रावललाई प्रदेश प्रमुख देवराज जोशीले २७ पुषमा मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

२८ पुषमा पद तथा गोपनियताको सपथ लिएका रावलले माओवादी केन्द्रका दलका नेता खगराज भट्ट र एमालेकी सन्तोश शर्मा थापालाई पनि मन्त्रीमा नियुक्त गरिसकेका छन् ।

Dhangadhi suchana

प्रदेश सरकारको मुख्यमन्त्रीमा रावल, मन्त्रीमा भट्ट र थापा नियुक्त भएसँगै संविधानअनुसार यसअघिको मन्त्रीपरिषद्को कार्यकाल स्वतः सकिएको छ तर प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका मानबहादुर धामीले भने मन्त्रालयबाट लिने सेवासुविधा अझै छाडेका छैनन् ।

नयाँ मन्त्रिपरिषद् गठन भइसक्दा समेत मन्त्री धामीले मन्त्रालयको झण्डावाला गाडी अझै फिर्ता गरेका छैनन् । धामी अहिले पनि वन मन्त्रालयको मन्त्री हुँदा प्राप्त गरेको गाडीमा पूर्व मन्त्रीका रुपमा शयर गरिरहेका छन् ।

मन्त्रालय स्रोतकाअनुसार धामीले गाडी र निवास अझै छाडेका छैनन् । उनले अर्को मन्त्री नियुक्त नहुँदा सम्म आफू नै कार्यकारी भूमिकामा भएको दाबी गर्दै गाडी फिर्ता नगरेको स्रोतको भनाई छ ।

सोमबार राति मात्र उनी मन्त्रालयकै झण्डावाला गाडीमा सवार रहेको अवस्थामा भेटिएका छन् । धनगढीको एक होटलमा उनको गाडी पुगेको तस्बिर भेटिएको छ तर यो विषयमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...