हिंसा न्यूनिकरणमा हातेमालो गरौंः नगर प्रमुख महरा

cp new add
Nisharg hospital

२५ फागुन, झलारी । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले महिला हिंसा न्यूनिकरणका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

बुधबार झलारीको खुल्ला मञ्चमा आयोजित नारी दिवसको शुभकामना दिदै उनले हिंसा न्यूनिकरणका लागि महिला र पुरुषले सँगसँगै हातेमालो गर्नुपर्ने बताएका हुन् ।

‘हिंसामा परे सहेर बस्नु हुँदैन्, महिला र पुरुषले संगसंगै हातेमालो गरे अघि बढ्नु पर्छ,’ उनले भने, ‘महिलाहरु कसैको दबाब, डरत्रास, हिंसामा पर्नुहुँदैन, यदी त्यस्ता केही घटनाहरु भए नगरपालिकामा न्यायिक समिति छ, त्यहाँ जानकारी गराउनुहोस्, हामी न्यायको लागि पहलकमदी लिनेछौं।’

संवैधानिक व्यवस्थाका कारण महिला अधिकारको विषय सशक्त रूपमा स्थापित भएको उनले बताए। संघीय संरचनामा केन्द्रदेखि स्थानीय तहका संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका निकायमा महिलाको पहुँच बढाएको उनको भनाई छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...