
धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान संस्थाको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक शिक्षाको अवस्था, विद्यालयबाहिर रहेका बालबालिका, शैक्षिक लगानी र शिक्षामा विद्यमान विभेदका विषयमा छलफल गरिएको छ ।
निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव रहेको निष्कर्षसहित धनगढीमा प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा सिकाइ सम्बन्धिका विभिन्न अभ्यास प्रस्तुत गरिएको थियो । सहभागीले सार्वजनिक शिक्षाका राज्यले लगानी बढाउनुपर्नेमा जाेड दिएका छन् ।
कैलाली र कञ्चनपुरमा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा विद्यार्थीको संख्या बढी रहेको विषय पनि कार्यक्रममा उठाइएको थियो ।
सार्वजनिक शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो ।
तराईमा सामुदायिक विद्यालयकाे संख्या बढि भएपनि सिकाइ प्रभावकारी बनाउन नसक्नुका कारणबारे अध्यययन गर्नुपर्ने सुझाव दिइएकाे छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान सुदूरपश्चिम संयाेजक हर्क ओलीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पदमबहादुर शाही थिए ।
कार्यक्रमका अन्य सराेकारवालाकाे पनि सहभागीता थियाे ।

