प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीसहितका मन्त्रीबीच भेटवार्ता

Nisharg hospital

२९ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा प्रदेशमा गठबन्धन जोगाउदै अगामी निर्वाचनमा जाने, गेटा मेडिकल कलेज सञ्चालन, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती लगायतका विषयमा कुराकानी भएको प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले जानकारी दिए ।

kailali udhog

‘प्रधानमन्त्री ज्यूसँगको भेटमा समसामयिक राजनीतिक विषयमा केन्द्रीत कुराकानी भएको छ,’ बोहराले भने, ‘गेटा मेडिकल कलेज सञ्चालन तथा पश्चिम सेती जनविद्युत परियोजना निर्माण लगायतका विषयमा पनि छलफल भएको छ ।’

प्रधानमन्त्री देउवासँग हालै प्रदेशको मन्त्रिपरिषद्बाट सेती प्रादेशिक अस्पताललाई दुई सय शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको जानकारी गराउँदै संघीय सरकारबाट थप तीन शैयामा स्तरोन्नती गरिदिन आग्रह पनि गरिएको बोहराले बताए ।

प्रधानमन्त्री देउवालाई भेट्न मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल र सामाजिक विकास मन्त्री बोहरा उनको सरकारी निवास बालुवाटार पुगेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...