देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार कांग्रेसको वडा अधिवेशन हुने

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार वडा अधिवेशन हुने भएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुराका ५२ वटै वडामा असोज ३ र ४ गते वडा अधिवेशन गर्ने तयारी गरिएको जिल्ला कार्यसमितिका एक नेताले जानकारी दिएका छन्।

उनका अनुसार आइतबार बिहान ९ बजेदेखि जिल्लाका वडाहरूमा अधिवेशन सुरु हुनेछ। जिल्ला कार्यसमितिको ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुरा’ नामक फेसबुक पेजमार्फत पनि अधिवेशनबारे सूचना जारी गरिएको छ।

सूचनामा भनिएको छ, ‘डडेल्धुराका ५२ वटै वडाहरूमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएका हुँदा मातहतका सबै समितिहरू क्रियाशील रही वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गराउन हार्दिक अनुरोध गरिन्छ।’

कांग्रेस डडेल्धुराका एक पदाधिकारीले पनि आइतबार वडा अधिवेशन गर्ने मिति तय भएको पुष्टि गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...