

१२ चैत, धनगढी । नेकपा एमालेले सञ्चालन गरेकाे मिसन ग्रासरूट अभियान अन्तरगत धनगढी उपमहानगरपालिका-१२ काे विषेश वडा अधिवेशन सम्पन्न गरिएकाे छ ।
शनिबार सम्पन्न भएकाे अधिवेशनबाट नवराज जाेशीकाे अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरिएकाे नगर अध्यक्ष रामचन्द्र जाेशीले जानकारी दिए । उनकाअनुसार पदाधिकारी सहित दुई जनालाई मनाेनित गर्दै ७ सदस्यीय सचिवालय पनि गठन गरिएकाे छ ।
जग्गि प्रसाद चाैलागाई र भगवती भण्डारी लाई वडा कमिटीकाे वैठकले सचिवालयमा मनाेनित गरेकाे जाेशीले बताए । पार्टी निर्माणमा याेगदान पुगाउने केहि नेतालाई सम्मान समेत गरिएकाे थियाे ।

