
धनगढी । कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार लम्कीचुहा नगरपालिका–४ गिधिनियाका ४० वर्षीय अबिराम जैसी र गौरीगंगा नगरपालिका–८ लिक्माका ५४ वर्षीय दुर्गा प्रसाद आचार्य मृत अवस्थामा फेला परेका हुन् ।
जैशी गिधिनियाकै बलिया चोक जोड्ने कच्ची सडकखण्डमा मृत भेटिएको प्रहरीको भनाई छ । आर्चाय आफ्नै घर नजिकै बाटो छेउको धान खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

