सांसदमा गयल हुने १५ जना सांसदको नाम सार्वजनिक (सूचीसहित)

Nisharg hospital

२ भदौ, काठमाडौं । संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक भएको छ । सबैभन्दा लामो समय विदा बस्‍ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्‍म विदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन् ।

Navjiwan hospital adv

सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरुको नामावली प्रस्तुत गरेका हुन् । धेरै गयल हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन् ।

यसैगरी सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरुको सूचीमा परेका छन् ।

याे पनि हेर्नुस्
Loading...