कञ्चनपुरमा प्रहरीले परिवारको जिम्मा लगाएका प्रेमी-प्रेमिका मृत भेटिए

Nisharg hospital

५ भदौ, धनगढी । कञ्चनपुरमा प्रहरीले अभिभावकको जिम्मा लगाएका युवायुवती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र सोही नगरपालिका–५ बस्ने १८ वर्षकै पुजा देउवा आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Navjiwan hospital adv

प्रेमीप्रेमिका समेत रहेका दुवै जना आ–आफ्नो घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए । उनकाअनुसार लामो समयदेखि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए ।

केही दिन अघि दिनेशले प्रेम विवाह गर्ने भन्दै पुजालाई भगाएर आफ्नो घर लगेका थिए । पुजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाएको गिरीले जानकारी दिए ।

भदौ ३ गते प्रहरीमा पुगेका दुवै पक्षलाई सम्झाइबुझाइ गरेर छोराछोरी जिम्मा लगाएकोमा आइतबार बिहान दिनेश आफ्नो घरको कोठामा र पुजा दिउँसो करीब साढे ४ बजेतिर आफ्नो घरको कोठामा मृत अवस्थामा फेला परेका हुन् । उनीहरु मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

याे पनि हेर्नुस्
Loading...