कैलालीमा ४३ जनाले दिए मिटर ब्याजी विरुद्ध उजुरी

cp new add
Nisharg hospital

५ भदौ, धनगढी । कैलालीमा ४३ जना पीडितले मिटर ब्याजीविरुद्ध उजुरी दिएका छन । जिल्ला प्रशासन कार्यालयले मिटर ब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन  आह्वान गरेपछि ४३ जनाले न्याय माग्दै उजुरी दिएका हुन् ।

Nast Ad

सोही अनुसार कैलालीका ४३ जना पीडितले आइतबारसम्म मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन्। गृह मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा पीडितहरुको उजुरी संकलन गरिएको बताए ।  उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि आगामी कदम चालिने बताए ।

मिटरब्याजीले आर्थिक विपन्न तथा निरक्षर परिवारलाई ब्याजमा रकम दिएर उनीहरुको विचल्ली बनाएको समाचार आएपछि सरकारले उनीहरुविरुद्ध कडा कदम चालेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...