अगामी निर्वाचनपछि सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने दाउमा खगराज !

cp new add
Nisharg hospital

६ भदौ, धनगढी । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चार पटक चुनाव हारेका माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले अगामी निर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

Nast Ad

सत्तारुढ गठबन्धनभित्र उनी प्रदेशको मुख्यमन्त्री बनाउने अवस्थामा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने नभए डडेल्धुरा बाहेकका क्षेत्रबाट भएपनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने रणनीतिमा लागेका छन् ।

२०६४, २०७० र २०७४ मा देउवासँग पराजीत भएका उनी यसपाली भने देउवालाई टक्कर दिने नभएर सघाउने र आफ्नो पनि सिट सुरक्षित गर्ने मुडमा छन् । विगतमा देउवासँग भिड्दै आएका भट्ट मुख्यमन्त्री बनाउने शर्तमा प्रदेश सभाको उम्मेदवार बन्न तयार देखिएका छन् ।

डडेलधुरा ‘क’ आफ्ना लागि उपयुक्त प्रदेश सभा क्षेत्र भएको भन्दै उनले भने, ‘मुख्यमन्त्री बन्ने सुनिश्चित भए प्रदेश सभामा प्रतिस्पर्धा गर्न तयार छु ।’ मुख्यमन्त्रीको सुनिश्चितता नभए कैलाली वा कञ्चनपुरको कुनै क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि छुट्याउनुपर्ने भट्टको माग छ । उनले सोही अनुसार नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...