राष्ट्रिय भेलाका लागि देउवा पक्षले बनायो ५५१ सदस्यीय आयोजक समिति, शशांक कोइराला संयोजक

cp new add
Nisharg hospital

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी इतर पक्षले भेलाका लागि आयोजक समिति गठन गरिएको जानकारी दिएको हो।

Nast Ad

राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। समितिको संयोजक नेता सशांक कोइराला तोकिएका छन्।

‘‘पार्टीलाई सवल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरी यही श्रावण २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ,’ कोइरालाले विज्ञप्तीमा उल्लेख गरेका छन्। पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको आरोप पनि इतर पक्षको छ।

‘पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनीधि एवं समर्थक र शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौ,’ विज्ञप्तीमा भनिएको छ। भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। १४औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।

त्यस्तै पूर्वकेन्द्रीय सदस्यहरू, पूर्वसांसदहरू, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारीहरु, महानगर कार्यसमितिका सभापतिहरु, संसदीय निर्वाचन क्षेत्रीय सभापतिहरु, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु लगायत सम्पूर्णलाई सहभागी हुन आह्वान गरिएको छ।

विशेष महाधिवेशनको कानुनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरूबीच कुरा मिलेको छैन। त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ्दो छ। बिपी स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्लाबेग्लै कार्यक्रम गरेका थिए। देउवाले गत असोज २८ गते सानेपा पुगेर केन्द्रीय समिति बैठक सुरू गर्दै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि देउवाको अनुपस्थितिमा खड्काले नै यो समूहको नेतृत्व गर्दै आएका छन्।

देउवा विदेशमा रहेका बेला देउवा समूहकै नामबाट भेला तथा बैठक भइरहेका छन्। जसमा खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायत नेताहरू पनि सँगै छन्। बेलाबखत नेता शेखर कोइराला पनि मिसिन्छन्। देउवा साउनभित्रै नेपाल फर्कने तयारीमा छन्। उनी राष्ट्रिय भेलामा सहभागी हुनेरनहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...