गलत माग राखेर आन्दोलन गर्नेमाथि कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

cp new add
Nisharg hospital

गृहमन्त्री सुधन गुरुङले सुकुम्बासीका नाममा गलत माग राखेर आन्दोलन तथा उच्छृंखल गतिविधि गर्नेहरूमाथि कारबाही हुने चेतावनी दिएका छन् ।

Nast Ad

शनिबार धनुषाको लालगढमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गलत माग राखेर आन्दोलन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन् । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको कालापानी वन प्रशासनसँग भएको विवादबारे अनुसन्धानबाटै मुद्दाको टुङ्गो लाग्ने बताएका छन् । वन प्रशासनले झुठा मुद्धा लगाएको विरोधमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासीले बीपी राजमार्गमा चक्काजाम गरेका थिए ।

सोहीतर्फ लक्षित गर्दै गृहमन्त्रीको यस्तो चेतावनी आएको हो । गुरुङले मुद्धा झुठा वा सही भनेर अनुसन्धानपछि मात्र खुल्ने भएकाले अहिल्यै झुठा मुद्धा लगाइएको दाबी गरेर आन्दोलन गर्न नमिल्ने उनको भनाइ थियो । ‘अनुसन्धान नै नगरी कसैलाई दोषी वा निर्दोष भन्न मिल्दैन । झुटा मुद्दा भन्दै आन्दोलन गर्नु समस्याको समाधान होइन’, उनले भने, ‘प्रहरी अनुसन्धानबाटै मुद्दाको टुंगो लाग्छ ।’

अनुसन्धान प्रक्रिया प्रभावित गर्ने कुनै पनि प्रकारका गतिविधि सह्न नहुने चेतावनी मन्त्री गुरुङले दिए । गुरुङले बास्तविक सुकुम्बासीलाई सरकारले जग्गाधनी पूर्जा उपलब्ध गराउने बताए । तर, सुकुम्बासीका नाममा केही तत्वले सरकारविरुद्ध उक्साएको आरोप उनले लगाए ।

गत ११ जेठमा भएको विवादपछि वन प्रशासनले स्थानीय ४ जनाविरुद्ध मुद्धा दायर गरेको थियो । केही दिनअघि बसेको सर्वदलीय बैठकले ती व्यक्तिहरु निर्दोष रहेको भन्दै मुद्धा फिर्ता लिनुपर्ने निर्णय गर्दै तीन दिन अल्टिमेटम दिएको थियो ।

उक्त अल्टिमेटमको म्याद शुक्रबार सकिएको छ । अल्टिमेटम सकिएको भन्दै शनिबार बिहानैदेखि सुकुम्बासी र अव्यवस्थित बसोबासीले राजमार्गमा चक्काजाम गरेपछि गन्तव्यतर्फ हिंडेका सयौं सवारी साधन बीचैमा अलपत्र परेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...