कैलालीमा एक किलो चरेशसहित व्यापारी पक्राउ

Nisharg hospital

६ भदौ, धनगढी । कैलालीमा लागुऔषधसहित एक जना किराना व्यापारी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किरना पसल चलाउदै आएका ३६ वर्षीय दिनेश सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

swostik

बझाङ जयपृथ्वी नगरपालिका–६ घर स्थायी घर भएका सिंहलाई एक किलो चरेशसहित पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले पसलमा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको थियो ।

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सिंहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...