
६ भदौ, धनगढी । बैतडीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका( ६ थलाकी २० वर्षीय बिन्दु धामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि नेपालगंज लगिएको पालिकाले जनाएको छ ।

उनलाई सोमबार बिहान साढे ११ बजे थलाकाडाबाट नेपालगञ्ज तर्फ हेलिकोप्टरमा पठाइएको थलाकाडा स्वास्थ्य चौकी इन्चार्ज चक्रबहादुर धामीले बताए ।
आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि अन्यत्र लैजान भनिएको थियो । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले हेलिकोप्टर मार्फत उद्दार गरिएको हो ।
