शाहरुख खानको अमेरिकामा दुर्घटना

cp new add
Nisharg hospital
suchana
Nast new

२० असार, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानको दुर्घटना भएको छ । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनको नाकमा चोट लागेको जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगियो ।
हिन्दुस्तान टाइम्सले उनको मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएका जानकारी दिएको छ । चोट खासै गहिरो नभएको बताइएको छ । तर शाहरुख वा उनको टिमको तर्फबाट दुर्घटना बारे कुनै आधिकारिक बयान भने जारी गरिएको छैन ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...