मोटरसाइकलमै अंकमाल गर्ने जोडीलाई फसाद, ११ हजार जरिवाना

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको मोटरसाइकलमा अंकमाल (हग) गरेका जोडीलाई ११ हजार भारतीय रुपैयाँ जरिवाना तिराइएको छ । उनीहरुको भाइरल भिडियो भेटिएपछि ट्राफिक प्रहरीले जोडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताइएको छ ।

मोटरसाइकलको ट्याङ्कीमा चालकतर्फ फर्केर बसेकी युवतीले युवकलाई कसिलो अंकमाल गरेको देखिन्छ । युवतीको अंकमालमा मस्त युवकले व्यस्त सडकमा मोटरसाइकल दौडाएका हुन् । अहिले त्यहि भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

दिल्ली ट्राफिकले सुरक्षित तवरले सवारी साधन हाँक्न अनुरोध गर्दै ट्विटरमा खतरनाक तरिकाले मोटरसाइकललगायत सवारी साधन नचलाउन आग्रह गरेको छ । लेखिएको छ, ‘कृपया यो भिडियो नक्कल नगर्नुहोला । सुरक्षित तवरले सवारी साधन हाँक्नुहोस् ।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...