डोटीमा सुत्केरी हुँदा शिशुसहित स्वास्थ्यकर्मीको मृत्यु

Nisharg hospital

९ भदौ, धनगढी । डोटीमा सुत्केरी हुँदा शिशुसहित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ गिरिचौका बस्ने ३२ वर्षिया जानकी बोहरा खडायतको मृत्यु भएको हो । उनी पेशाले स्वास्थ्यकर्मी (अनमी) हुन् ।

Dhangadhi suchana

मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ । अस्पतालका डाक्टर राजेन्द्र फुलाराकाअनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार करिब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म उनलाई पुगाइएको थियो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्यधिक रक्तश्रावका कारण डेढ घण्टापछि उनको मृत्यु भएको हो ।

मृतकको ९ वर्षीय छोरा छ । उनी २०७० सालदेखि घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत थिइन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...