विवाहको १८ वर्षपछि प्रधानमन्त्रीले श्रीमतीसँग गरे सबन्ध विच्छेद

cp new add
Nisharg hospital
suchana

ओटोवा । वैवाहिक जीवनको १८ वर्षपछि क्यानडाका प्रधानमन्त्री आफ्नी श्रीमतीसँग छुट्टिएका छन् । दम्पतीले इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको पुष्टि गरे ।

क्यानडाली मिडियाका अनुसार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको जानकारी दिएका हुन् । उनले भने, ‘धेरै छलफलपछि हामीले एक अर्काको साथ छाड्ने निर्णय गरेका छौँ ।’ आफ्नो पोस्टमा प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘हामी सधैँ जस्तै परिवार नै रहनेछौँ। हामीले एकअर्काको माया र सम्मानका लागि जे गरेका छौँ, गरिरहनेछौँ।’

प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफिएलले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन् । प्रधानमन्त्री ट्रुडोले क्यानाडाली जनतालाई यस समयमा आफ्ना बालबालिकाको भलाइका लागि यस मामिलाको गोपनीयतालाई सम्मान गर्न अपिल गरेका छन्। दम्पतीका तीन सन्तान छन् ।

इन्स्टाग्राम पोस्ट बाहेक पीएमओले पनि यस सम्बन्धमा एक बयान जारी गरेको छ। पीएमओले पनि यो जोडीले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेको पुष्टि गरेको छ। पीएमओका प्रवक्ता एलिसन मर्फीले दम्पतीले अलग हुने निर्णयमा सबै कानुनी प्रक्रियाहरू पालना गरेको बताए। यद्यपि, पीएमओ भन्छन् बच्चाहरूको हेरचाह गर्नका लागि जोडीलाई धेरै अवसरहरूमा सँगै देख्न सकिन्छ।

मिडिया रिपोर्टका अनुसार पीएम जस्टिन र सोफीले २८ मे २००५ मा विवाह गरेका थिए । यो जोडी २०२३ को सुरुमा राजा चार्ल्स तृतियाको राज्याभिषेकमा भाग लिन लन्डन गएका थिए । गत मार्चमा पनि सो दम्पतीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती जिल बाइडेनको ओटावाको आधिकारिक भ्रमणको आयोजना गरेका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...