कैलालीमा स्थानीय तहको चुनाव हारेका समाजवादीका नेता सांसद बन्ने दौडमा

Nisharg hospital
Airth Mantralaye

१२ भदौ, धनगढी । कैलालीमा नेकपा एकीकृत समाजवादी पार्टीबाट ३० बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पराजीत भएका नेताहरु सांसद बन्ने दौडमा लागेका छन् । अगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेताहरु पार्टीभित्र टिकटको लबिङमा लागेका छन् ।

pradesh helath nirdesanalaye
gauriganga

उनीहरुको नाम एकीकृत समाजवादीको तल्लो तहको कमिटिबाट जिल्लामा सिफारिस भएको पाइएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा ‘क’ बाट प्रदेश कमिटि सदस्य लोकबहादुर सारु र जिल्ला उपाध्यक्ष रत्ना कडायको नाम प्रदेशसभा सदस्यका लागि सिफारिस भएको छ ।

Dhangadhi bidhut

दुवै जना गत स्थानीय तहको निर्वाचनमा पराजीत भएका व्यक्ति हुन् । सारु चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुरसँग र कडायत गोदावरी नगरपालिकाको उपमेयरमा एमालेकै शारदादेवी रोकायासँग पराजीत भएकी थिइन् । उनीहरु दुवै जना सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा चुनाव लडेका थिए ।

जिल्ला अध्यक्ष भैरवबहादुर रावलकाअनुसार उनीहरुसँगै प्रदेशसभा ‘क’ बाट केन्द्रीय लेखा आयोग सदस्य विजय कुँवर, केन्द्रीय सदस्य चुनकुमारी चौधरी (हाल प्रदेशसभा सदस्य) ,जंग सुनार र जिल्ला सदस्य लक्ष्मीराज पन्तको नाम पनि क्षेत्रिय कमिटिबाट सिफारिस भएर आएको छ ।

अब जिल्ला पदाधिकारी बैठकले निर्णय गरेर ती नाम प्रदेश कमिटिलाई सिफारिस गर्ने नेकपा समाजवादीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...