केपी ओली आज सुदूरपश्चिम आउदै, माओवादी र समाजवादीका नेतालाई एमाले प्रवेश गराउने

panchodaye

१५ भदौ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली यहाँ आउन लाथेको नेकपा एमालेले जनाएको छ ।

Nast college

संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन् । उनीहरुलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम छ ।

Nisharg hospital

एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका हुन् ।

सांसद बुढाथोकीका श्रीमान् समेत रहेका एकीकृत समाजवादीका वीरबहादुर बुढाथोकी पनि एमाले प्रवेश गर्ने बताइएको छ । समाजवादीका जिल्ला उपाध्यक्षसहितका चार जना पदाधिकारी एमालेमा फर्किने बताइएको छ ।

यी नेताहरुले हालै एमालेका केन्द्रीय नेताको समन्वयमा बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटसमेत गरिसकेको बताउँदै एमाले कञ्चनपुरका एक पदाधिकारीले आपसी समझदारी भइसकेको र औपचारिक रुपमा पार्टीमा प्रवेश गर्न मात्र बाँकी थियो ।

ती पदाधिकारीकाअनुसार एमालेमा एकीकृत समाजवादी मात्र नभएर नेकपा माओवादी केन्द्रबाट समेत ठूलो संख्यामा नेता तथा कार्यकर्ता प्रवेश गराउने तयारी छ ।संविधानसभा सदस्य समेत रहेका हरिश ठकुल्ला उर्फ कमल क्षेत्री र नेता मोहन गिरी पनि पार्टी प्रवेश गर्दैछन् ।

समाजवादी र माओवादी केन्द्र परित्याग गर्ने मनसाय बनाएका विभिन्न तहका नेताहरुलाई पार्टीमा प्रवेश गर्न नेकपा एमालेले विशेष टोली खटाएको थियो । कञ्चनपुरमा माथिल्लो तहका नेताहरु एमालेमा जाने खबरपछि समाजवादी र माओवादी केन्द्रका नेता उनीहरुलाई जसरी भएपनि रोक्ने रणनीतिमा लागेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...