देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसले गठबन्धन नगर्ने

cp new add
Nisharg hospital

१७ भदौ, धनगढी । नेपाली कांग्रेस डडेल्धुराका दुवै क्षेत्रिय समितिबाट शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरुको नाम एकल रुपमा सर्वसम्मत सिफारिस भएको छ ।

Nast Ad

प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको नाम सिफारिस गरेकोमा शुक्रबार बस्ने जिल्ला कमिटिको बैठकले प्रदेश कमिटिलाई पठाउने जनाएको छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतकाअनुसार प्रदेशसभातर्फ पनि दुवै निर्वाचन क्षेत्रमा सर्वसम्मत नाम सिफारिस भएको छ । प्रदेशसभा ‘क’ बाट जिल्ला पार्टी सभापति एवंम् परशुराम नगरपालिकाका पूर्व मेयर भीमबहादुर साउद र प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत रुपले सिफारि भएर आएको उनले बताए ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सर्वसम्मत रुपमा एकल नाम सिफारिस गर्नुको कारण अगामी चुनावमा जिल्ला गठबन्धन नगर्ने भएको जनाएको छ । डडेल्धुरामा स्थानीय तहको चुनावमा पनि गठबन्धन भएन । ‘अब प्रदेशसभा र प्रतिनिसभाको चुनावमा पनि गठबन्धन गर्दैनौँ हामी एक्लै लड्छौँ,’ सचिव चटौतले भने, ‘सोही कारणले हामीले तीन वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपले एकल नाम सिफारि गरेका हौँ ।’

जिल्ला स्तरका कुनै पनि नेता कार्यकर्ता गठबन्धनको पक्षमा नरहेको दाबी गर्दै उनले केन्द्रीय नेतृत्वले गर्नैपर्ने भनेको अवस्थामा बाहेक नहुने जनाएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...