प्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

cp new add
Nisharg hospital
suchana

धनगढी । कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। प्रहरीले छापा हानेर दुःख दिएको भन्दै बिहिवार बजार बन्द गरिएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको छ । उनीहरूले दशैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन् ।

यस घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघ भने मौन छ । व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन् । प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो । ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो ।

सरकारले प्रतिबन्ध गरेका प्लास्टिकजन्य वस्तु बेचबिखन गर्ने महेन्द्रनगरका १ व्यापारीको गोदाममा छापा मारेको हो । जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारिएको थियो।

भारतबाट भन्सार छलीेका सामान क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै जाँदा गोदाम पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गर्दैछ ।

बुधवार फेरि कञ्चनपुर प्रहरीले नौ लाखका सामान नियन्त्रणमा लिएको थियो । जिल्लाको भीमदत्त नगरपालिका–४ का विष्णु गुप्ताको पसल र गोदाममा प्रहरीले छापा मारेका हो ।

प्रहरी टोलीले गड्डाचौकीबाट भन्सार छली गरेका सामानहरू क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै गुप्ताको पसल र गोदामबाट ९ लाख रुपैयाँ मूल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामान फेला पारेको बताइएको छ । प्रहरीका अनुसार गुप्तालाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...