१९ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।
काभ्रेको तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीकाअनुसार रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । घटनाको अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।