सिभिल बैंकले सञ्चालनमा ल्यायो पोखराको लेकसाइडमा एटीएम सेवा

cp new add
Nisharg hospital

काठमाडौं । सिभिल बैंकले कास्कीको पोखरास्थित लेकसाइडमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटीएम सेवाको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले एक कार्यक्रमबीच गरे ।

एटीएम सेवाको शुभारम्भ कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म ९२ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको यस बैंकले ९९ वटा बुथबाट एटीएम सेवा उपलब्ध गराइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...