


काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।





त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको छ ।






