२ वर्षभित्र सबै नेपालीको विजुलीमा पहुँच : मन्त्री भुसाल

Nisharg hospital

२७ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरघरमा विजुली पुग्ने बताएकी छन् ।

सोमबार काठमाडौंमा युएनडीपीको मानव विकास प्रतिवेदन सन् २०२१/२०२२ सार्वजनिक कार्यक्रममा मन्त्री भूसालले हालसम्म ९५ प्रतिशत नेपालीमा विजुलीको पहुँच रहेको बताएकि छन् ।

Dhangadhi suchana

‘आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाइ कार्यान्वयन भइरहेको छ ।

यसबाट जनताले स्वच्छ उर्जाको प्रयोग गर्न पाउनेछन्, जसले गर्दा उर्जामा पेट्रोलियम पदार्थको खपत घट्नेछ’ उनले जानकारी दिईन्।

सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था पनि मिलाएको मन्त्री भुसालले बताइन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...