चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

Dhangadhi

२८ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

Nisharg hospital

नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा आज बिहान तिमिल्सिना र चान्सुबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

ok

सोमबार नेपाल आएका चान्सुले सोही दिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए ।

चार दिने नेपाल भ्रमणमा आएका चान्सुले यहाँ रहँदा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची रहेको बताएका छन् । सोही अनुसार आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम तय गरिएको छ ।

त्यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलाई भेट्ने कार्यसूची बनाईएको बताए ।

सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका चान्सु बिहीबार फर्किने भएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...