धनगढीकी बिनितालाई मोबाइल किन्दा स्कुटर उपहार

cp new add
Nisharg hospital
suchana

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा शिविरकी बिनिता चौधरीलाई मोबाइल किन्दा स्कुटर उपहार मिलेको छ ।

बिनितालाई धनगढी बुद्ध चोकमा रहेको सञ्जीवनी मोबाइल सेन्टरबाट रियल मि कम्पनीको मोबाइल खरिदमा २ लाख ५० हजार मूल्य बराबरको टिभिएस कम्पनीको स्कुटर उपहार परेको हो ।

चौधरीलाई कम्पनीको तर्फबाट “दशैं तिहारको उमङ्ग, उपहारले सबै दङ्ग“ उपहार योजना अन्तर्गत स्कुटर उपहार परेको हो ।

बुधवार धनगढीको बुद्ध चौकमा रहेको सञ्जीवनी मोबाइलको शो–रुम प्राङ्गणमा “रियल मि“ कम्पनीले आयोजना गरेको उपहार हस्तान्तरण कार्यक्रममा कम्पनीका एनएसएम कुनाल सिंह, एएसएम हरि ओझा, अतिएसो मनोज न्यौपाने, रियल मि ब्रान्डको सुदूरपश्चिम आधिकारिक बिक्रेता खगेन्द्र पनेरु, सुदूरपश्चिम मोबाइल ब्याबसायी संघका वरिष्ठ उपाध्यक्ष हिमाल लम्साल, पतञ्जलि योग समितिका महामन्त्री कृष्ण प्रसाद शर्माले संयुक्त रुपमा उपहार विजेता चौधरीलाई स्कुटर हस्तान्तरण गरेका हुन् ।

उपहार लिन बिनिता चौधरीको स–परिवार उपस्थित रहेको थियो ।  सञ्जीवनी मोबाइलका सञ्चालक सुभाष बमले उपहार विजेता चौधरीलाई धन्यवाद दिएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...