इजिप्टको राष्ट्रपतिमा सिसी तेस्रो पटक विजयी

cp new add
Nisharg hospital
suchana
Nast new

इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरण (एनइए) ले सोमवार वर्तमान राष्ट्रपति अब्देल–फताह अल–सिसीलाई राष्ट्रको राष्ट्रपति चुनावमा विजयी घोषणा गरेको छ । सन् २०१४ र २०१८ मा दुवै निर्वाचनमा भारी बहुमतका साथ विजयी भएपछि सिसीले लगातार तेस्रो कार्यकाल जितेका छन् । इजिप्टमा डिसेम्बर १०–१२ मा मतदान भएको हो ।

विदेशमा रहेका इजिप्टका नागरिकहरूले डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म १२१ देशका १३७ दुतावास र वाणिज्य दूतावासहरूबाट मतदान गरेका थिए । कायरोमा आयोजित पत्रकार सम्मेलनमा एनईएका अध्यक्ष हाजेम बडावीले निर्वाचनमा करिव ६ करोड ७० लाख मतदातामध्ये स्वदेश तथा विदेशमा रहेका झन्डै ४ करोड ४८ लाख नागरिकले मतदान गरेको र ६६ दशमलव ८ प्रतिशत मतदान भएको बताए ।

रिपब्लिकन पिपुल्स पार्टीको नेतृत्व गर्ने हाजेम ओमारले ४।५ प्रतिशत मत प्राप्त गर्नभयो भने इजिप्टियन सोसल डेमोक्र्याटिक पार्टीका फरीद जहरान र इजिप्शियन वाफड पार्टीका अब्देल–सनद यामामाले ४।५ प्रतिशत मत प्राप्त गरे । चुनावको नतिजाको घोषणापछि सिसीले राष्ट्रको नाममा सम्बोधन गर्दै देशको नेतृत्व गर्ने मिसनको लागि आफूलाई छान्नु भनेको इमानदारीपूर्वक वहन गरेको जिम्मेवारी रहेको बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...