२८ भदौ, धनगढी । अवैध रुपमा भारतबाट ल्याइएका राँगा सशस्त्र प्रहरीले धनगढीमा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीको टोलीले अवैध रुपले ल्याइएका राँगासहित दुई लाख बढि पर्ने सामान समेत बरामद गरेको छ ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार र राँगा पशु क्वारेन्टाइनमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।