धनगढीको समैजी स्टोर : भोलिसम्म कर कार्यालयको नियन्त्रणमै रहने

Rojgar mela

२९ भदौ, धनगढी । राजश्व छली गरेको आशंकामा छापा हानिएको धनगढीको समैजी स्टोर भोलिसम्म आन्तरिक राजश्व कार्यालयको नियन्त्रणमा रहने भएको छ ।

Nisharg hospital

राजश्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले समैजी स्टोरले स्टकमा राखेको सबै सामानको विवरण संकलन गर्नुपर्ने बताउँदै काम नसकिएसम्म नियन्त्रणमै राख्ने जानकारी दिए ।

उनकाअनुसार भोलिसम्म विवरण संकलनको काम सकिने सम्भावना रहेको छ । आन्तरिक राजस्व कार्यालयले समैजी स्टोरले कार्यालयमा पेश गरेको कारोबार सम्बन्धी विवरणको तुलनामा भण्डार गरिएको सामान अस्वभाविक देखिएपछि छापा आज बिहान छापा हानेको थियो ।

अहिले कार्यालयबाट खटिएको कर्मचारीको टोलीले स्टोरमा भण्डार गरेर राखिएको सामानको विवरण संकलन गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...