
धनगढी । कैलालीमा सर्पले टोकेर गम्भीर घाइते भएका ५ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।
गोदावरी नगरपालिका–९ बल्मीका गणेश नेपालीका छोरा ५ वर्षीय विहान नेपालीलाई भदौ २५ गते राति करिब १२ः२० बजे आफ्नै घरको सुत्ने कोठामा खाटमा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले टोकेको थियो।
सर्पले टोकेपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो। अस्पतालमा उपचाररत बालकको अवस्था गम्भीर रहेको थियो।
उपचारकै क्रममा असोज ६ गते बिहान २ः३० बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बालकको मृत्यु भएपछि आफन्तले शव घरतर्फ लगेका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

