
धनगढी। कञ्चनपुरमा १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट प्रहरीले कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेश प्रसाद भट्टलाई लागूऔषधसहित पक्राउ गरिएको जनाएको छ ।
उनीहरुको साथबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । उनकाअनुसार उनीहरु सवार सुपप्र०१ ००८प ६३४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल पनि बरामद गरिएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले सोमबार साँझ करिब ७ बजे उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

