सुदूरपश्चिमका १६ मध्ये ७ क्षेत्रमा गठबन्धनको भागबण्डा, कहाँ कसले पायो ?

Nisharg hospital

२९ भदौ, धनगढी । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका १६ मध्ये ७ निर्वाचन क्षेत्रमा करीब भागबण्डा टुङ्ग्याएको छ भने अन्य ९ क्षेत्रको हकमा छलफल जारी छ ।

Dhangadhi suchana

गठबन्धनमा भएको सहमतीअनुसार डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई सबै दलले समर्थन गर्ने सहमती जुटेको छ भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पनि प्रधानमन्त्री पत्नी आरजु देउवालाई छाड्न अरु दल सहमत भएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्र, २ र ३ नेपाली कांग्रेसले लिने सहमती भएको छ भने बाजुरा र दार्चुला पनि कांग्रेसले लिनेछ । तर कैलालीका चार वटा निर्वाचन क्षेत्र, बैतडी, डोटी, बझाङ, अछामका दुई क्षेत्रमा भने सहमती जुट्न सकेको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...