कैलालीको गोदावरीमा जलाएको अवस्थामा भेटियो मानव कंकाल !

Nisharg hospital

२९ भदौ, धनगढी । कैलालीको गोदावरीमा जलाएको अवस्थामा मानव कंकाल भेटिएको छ ।

swostik

अत्तरियाका स्थानीयले गोदावरी आर्यघाटमा बुधबार टाउको र घाँटी बाहेकको शरीर नभएको अवस्थाको मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका छन् ।

उक्त कंकाल कसको हो ? भन्ने कुरा खुलेको छैन । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले  गोदावरी आर्यघाटमा मानव कंकाल भेटिएको सूचना प्राप्त भएको बताए ।

केहीबेर अघि मात्र सूचना प्राप्त भएको बताउँदै डीएसपी पाण्डेले आज राति भइसकेकाले भोलि बिहान मात्र घटनाबारे थप बुझ्ने जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...