
धनगढी । कैलालीमा लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबाार धनगढी र जानकीबाट लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित जोशीपुर गाउँपालिका–३ का ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।
यस्तै, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–१ बसन्त टोलका २१ वर्षीय असिम चौधरीसमेत रहेका छन् ।

